त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ

२९ फागुन धनगढी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन्।

प्युठान ऐरावती गाउँपालिका वडा नम्बर ६ घर भएकी २८ वर्षीया संगिता परियारलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

उनीबाट करिब २ सय १० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

फ्लाई दुबईको उडानमार्फत दुवईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो।

भन्सार छलेर सुन भित्र्याउन लागेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीबाट एउटा सिक्री, एउटा ब्रासलेट, ३ वटा औंठी, एउटा रानीहार, एउटा मिनिहार, दुई वटा मंगलसुत्र, कानमा लगाउने दुई जोर झुम्का र एउटा अर्को औंठी बरामद गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाउने प्रहरीले जनाएको छ।

नेपालमा सुन ल्याउँदा महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन।

पुरूषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। यसबाहेक एक जना व्यक्तिले थप दुई सय ग्राम सम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाइने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply