काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकालीको जंगलमा किशोरीको शव भेटिए

२ चैत धनगढी
काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकालीको जंगलमा किशोरीको शव भेटिएको छ । सिन्धुली घर भएर कपन बस्ने १९ वर्षीया सुस्मिता थापा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । जंगलमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले रातोपाटीलाई बताए ।

बिहिबार बिहान घरबाट क्याम्पस जान्छु भनेर हिँडेकी उनी सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक थापा रिलायन्स एकेडेमीमा पढ्थिन् । कपनस्थित बालुवाखानीमा बस्ने सुस्मिताको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी कपनस्थित बालुवाखानीमा बस्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply