२३ चैत धनगढी
कञ्चनपुरबाट विभिन्न मुद्धामा फरार रहेका एक महिलासहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामसिँ देवि सुनार, राम कुमार सुनार, निरज चन्द, अमित बम र नन्दादेवि रोकाया रहेका छन् । रामसिँ र रामकुमारलाई २०६४ बैशाख ५ गते दोहोरो नागरिकता लिएको आरोपमा दुई हजार जरिवाना तोकिएको थियो । यस्तै चोरीमुद्धामा निरजलाई २०७६ मंसिर १७ गते ११ महिना ११ दिन कैद एक हजार जरिवाना, अमितलाई २०७९ कार्तिक ३ गते दुई महिना कैद ६५० रुपैँया जरिवाना तोकिएको थियो । जारी मुद्धामा नन्दादेविलाई २०५२ असार सात गते एक हजार जरिवाना तोकिएको थियो ।
सजाय तोकेकै दिनबाट फरार रहेका उनीहरुलाइै शुक्रवार प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्करराज पन्तले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1