भारतीय शहरको नाम राख्नुपर्ने अवस्था किन आयो नेपाली भूमिमा

१ वैशाख धनगढी :
सुदूरपश्चिम प्रदेशकै नमुना शहर धनगढी बजार अबस्थित मिलन चौक अगाडी मोहनापुल अत्तरिया सडक खण्डमा यात्रु तथा चालकलाई सहज होस् भनेर धनगढीदेखि सबै ठाउँका रुट शहर र जिल्ला पुग्ने दूरी उल्लेख गरिएको छ ।

तर, धनगढीको मिलन चोक भन्सार तिर गएर हेरौं है भारतीय शहरको दूरी समावेश गरेको विषयप्रति आलोचना भएको छ । स्थानीयहरुले यसलाई सामान्य रुपमा लिन नसकिने भन्दै जवाफ खोजेका छन् । यो नेपाल हो कि भारत ? नेपाल हो भने भारतीय शहरको नाम किन लेखियो ?

यहाँ लखनउ, लखिमपुर र पलियाको बारेमा पनि जानकारी गराइएको छ । त्योसँगै बेलौरीको दूरी पनि उल्लेख गरिएको छ । बेलौरी कञ्चनपुर जिल्लामा पर्छ भने अन्य तीन शहर भारतका हुन् । नेपाली भूमिमा भारतीय शहरको जानकारी दिने गरी राखिएको बोर्डले नेपाली स्वाभिमानमाथि प्रश्न गरेको वरिष्ठ पत्रकार राष्ट्रिय महासंघ केन्द्रीय अध्यक्ष उम्मीद वागचन्दले नेपाली भूमिमा भारतीय शहरको नाम राख्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका छन् । ‘यो फोटो हेरेर स्थानीय भन्छन् नेपाल हो भने भारतीय शहरको नाम किन लेखियो भनेर प्रश्न गरेका छन्। एक पटक धनगढीको मिलन चौक अगाडी भन्सार तिर गएर हेरौं, भारतीय शहरको नाम राख्नुपर्ने अवस्था किन आयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply