‘सुदूरपश्चिम समाज दक्षिण कोरिया’ ले यस वर्ष पनि कोरियामा भव्यताकासाथ भुवा तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने

७ जेठ धनगढी
विगत १७ बर्ष लामो इतिहास बोकेको ‘सुदूरपश्चिम समाज दक्षिण कोरिया’ ले यस वर्ष पनि कोरियामा भव्यताकासाथ भुवा तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कोरियाली पर्व छुसकको अवसर पारी सुदूरपश्चिम नेपालको ऐतिहासिक तथा मौलिक कला साँस्कृति बोकेको भुँवा तथा साँस्कृतिक कार्यक्रम २०२४ सेप्टेम्बर १५ तारिक आइतबारका दिन आयोजना गर्न लागेको हो ।

‘सुदूरपश्चिम समाज दक्षिण कोरिया’ संस्थाका महासचिव कृष्ण भण्डारीका अनुसार संस्था विभिन्न तवरले मानव सेवा, सहयोग र संस्कृतिको उत्थानको निमित्त विभिन्न कार्य सक्रियताका साथ गर्दै बताए ।

महासचिव भण्डारीले थपे,” यसै कार्यलाई निरन्तरता दिदै यसपटक भने सो कार्यक्रम सम्पन्न गर्नका लागि सांस्कृतिक कार्यक्रम मूल व्यवस्थापन समिति संयोजक – ईश्वर धामी र सांस्कृतिक कार्यक्रम संयोजक – नरेश रावल रहने छन् । साथै कार्यक्रम भव्यताका साथ मनाउने महासचिव भण्डारीको भनाइ छ ।

भण्डारी थप्छन्,” यो वर्ष अलि व्यवस्थित कार्यक्रम गरि सुदुरपश्चिमको मौलिक साँस्कृतिकलाई विदेशमा झल्काउने योजना छ र सुदुरपश्चिमकै कलाकारलाई स्थान दिने छौं ।

आफ्नो मौलिक साँस्कृतिको प्रचारप्रसार र सांस्कृतिलाई जिवित राख्न योगदान पुग्ने महसुस गरेको उनले बताएका छन् । साथै आफ्नो मौलिक साँस्कृतिको संरक्षण र सम्वर्धन गर्न संस्था लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply