शीर्ष स्थानको लिभरपुललाई ५ अंकको अग्रता

२५ कात्तिक धनगढी
इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ।

गएराति एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको हो।

११ खेलबाट लिभरपुलले २८ अंक जोडेको छ। समान खेल खेलेको सिटीको २३ अंक छ।

एन्फिल्डमा एस्टन भिल्लालाई पराजित गर्दा डार्विन नुनेज र मोहम्मद सलाहले एक/एक गोल गरे।

नुनेजले २० औं मिनेटमा गोल गर्दा पहिलो हाफमा १-० गोलले अग्रता लिएको लिभरपुलका लागि सलाहले ८४ औं मिनेटमा निर्णायक गोल गरे।

गएरातिकै खेलमा सिटी ब्राइटनसँग पराजित भएपछि लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको हो।

एस्टन भिल्ला १८ अंकका साथ आठौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply