१० मङ्सिर धनगढी
नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालको पहिलो जित
पाकिस्तानमा भइरहेको नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित निकालेको छ।
नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई १०८ रनले हरायो।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो।
नेपालका लागि पदम बढाइलाले सर्वाधिक ९२ रन जोडे। नरेश चौधरीले ७२ रनको योगदान गरे।
२२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन जोड्न सक्यो। उसका लागि अबासिनले ५३ रन बनाए।
बलिङमा नेपालका सुनिल मगरले ३ विकेट लिए।
यसअघिका दुई खेलमा भने नेपाल पराजित भएको थियो। नेपालले श्रीलंका र बंगलादेशसँग हार बेहोरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1