हेमा भट्ट
कञ्चनपुर – एकता सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारणसभा यहीँ मिति २०८१-०७-३० शुक्रबार एकता सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले व्यानर पढेर साधारणसभाको सुभारम्भ गर्नुभएको थियोे । कार्यक्रममा समुहका काेषाअध्यक्ष रविना चौधरीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा समूहका सदस्य किसन बाेगटीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
उक्त कार्यक्रम समारोहमा कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगर प्रमुख हेमराज ओझाले सामुदायिक वन भनेको सरकारी चिज हो यसलाई निति नियम अनुसार अगाडि बढाउनु पर्छ यदि कुनै सामुदायिक वनले नियम विपरीत सामुदायिक वनलाई लैजान्छ भने त्यस सामुदायिक वनले नियम अनुसारको सजायको लागि भागिदार हुनुपर्ने कुराहरू बताउदैँ सम्पूर्ण सामुदायिक वनहरूलाई सजग भएर अगाडि बढ्न अनुरोध गर्नु भएको थियोे ।
त्यस्तै गरि ओझाले वनले वार्षिक कार्ययोजना अनुसार काम गर्दै गर्यो भने समुहमा खासै त्यस्तो समस्या नआउने बताउदैँ वार्षिक कार्ययोजना अनुसार काम गर्न अनुरोध गर्नुभएको छ । सामुदायिक वनको पैसालाई दुरुपयोग नगर्न अनुरोध गर्दै वन ऐेन अनुसार कामहरू गर्दै अगाडि बढाउन आग्रह गर्नु भएको छ । कार्यक्रमका विशिष्ट सहजिकरण समितिका अध्यक्ष तथा सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरीले सामुदायिक वनले वनको काम मात्रै नभएर समुहका उपभोक्ताहरूलाई आवश्यक रहेको बताउनु भयो साथै तालिम दिन जरुरी रहेको चौधरीले आग्रह गर्नु भएको थियोे ।
त्यस्तै गरि सामुदायिक वनले दिएको फाईदा र वनमा गर्नुपर्ने कुराहरू केके हुन्छ भन्ने विषयमा समेत चौधरीले जानकारी दिनुभएको थियोे ।
कार्यक्रममा अतिथि सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी,जानकारी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट,महाकाली सामुदायिक वनका अध्यक्ष वीर बहादुर राजवंशी, राजनीति दलका प्रतिनिधि, समाजसेवी बुद्धिजीवी शिक्षक लगायतको उपस्थितिमा अतिथिलाई मायाको चिनाे सहित सम्मान सहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियोे । समुहका सचिव सामुदायिक वनका सचिव रेश बहादुर राेकायले सञ्चालन गर्नुभएको सो कार्यक्रम वनका अध्यक्ष देब बहादुर वडको अध्यक्षतामा सम्पन्न भएको थियोे । साथै सामुदायिक वन उपभोक्ता समुहका सम्पूर्ण उपभोक्ताहरूको सहभागीता रहेको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1