प्रिमियर लिगमा चार खेलपछि सिटीको जित

२० मङ्सिर धनगढी
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातारको हारको शृंखला तोडेको छ।

लिगमा दसौं खेलदेखि लगातार पराजित भएको सिटीले गएराति नटिंघम फरेस्टमाथि तीन गोल गर्दै हारको शृंखला तोडेको हो।

इतिहाड स्टेडियममा बर्नार्डो शिल्भा, केभिन डि ब्रुयन र जेरेमी डोकुले गोल गर्दा सिटीले ३-० ले विजयी भएको हो।

खेलको आठौं मिनेटमै सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो। डि ब्रुयनले ३१ मिनेटमा अग्रता दोब्बर पारे। ५७ मिनेटमा डोकुले गरेको गोल निर्णायक बन्यो।

लिगको साविक विजेता सिटीले खस्किँदो लय सुधारेको हो या होइन भन्नका लागि आगामी खेलबाट आकलन गर्न सकिन्छ। लिगको दसौं खेलमा बर्नमाउथसँग पराजित भएयताका सिटीले ब्राइटन, टोटनहम र लिभरपुलसँगको खेलमा हार ब्यहोरेको छ।

यद्यपि गएरातिको जितले सिटीलाई ठूलो राहत र उत्साह थपेको छ।

लगातार चार खेलमा पराजित भोगेको सिटी शीर्ष स्थानबाट अहिले चौथोमा पुगेको छ। उसको २६ अंक छ। चेल्सी र आर्सनल म२८ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

लिभरपुल ३५ अंकसहित शीर्ष स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply