१ पुस धनगढी
कञ्चनपुरको बेलौरीबाट भन्सार छलीका माछा बरामद गरिएको छ।
बेलौरी नगरपालिका–१ भैसोरीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४० हजार बराबरको माछा बरामद गरिएको हो। भन्सार छलीका माछा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले आईतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उक्त माछालाई स्थानिय र जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको बेलौरी प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1