६ पुस धनगढीः
नेपाल प्रीमियर लिगको पहिलो उपाधि जनकपुर बोल्ट्सले जीतेको छ। कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमेल टस जितेर बैटिंग् लिएको थियो र ओपनिङ बिनोद भण्डारी ज़ैबले राम्रो बेटिंग गरे खेलको अन्तिम ओवरहरुमा सुदूरपश्चिम विकेटहरू गुमाउँदै गयो र १८५ रनको लक्ष्य दियो । जनकपुर बाट आसिफ़ शेख र लहिरू मिलन्था ले राम्रो बेटिंग गरे ।
सुदूरपश्चिम जनकपुरको पहिलो विकेट आसिफ़ शेख को लियो । जनकपुरको उत्कृष्ट बेटिंगको अगाडि सुदूरपश्चिमका बलरहरुले गुड़ा टेके। मिलंथाले जनकपुरको लागि सर्वाधिक रन बनाए र लास्ट ओवरको दोस्रो बलमा जनकपुरले ट्रफी जित्न सफल भयो । त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरे । त्यस्तै, सर्वोत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बने । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् । एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
मंसिर १५ गते बाट सूरू भाएको यस टुर्नामेन्ट मा ८ ओटा टीम सहभागी थिए । ८ ओटा टिम मध्ये एनपीएल को प्लेऑफ़ मा ४ ओटा टीम पुगेका थिए जून कर्नाली यक्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र जनकपुर बोल्ट्स रहेका थिए । इलिमेनेटरमा चितवन राइनोज लाए हरायेर कर्नाली यक्स फाइनलको रेस तीर अघि बढेको थियो । टप २ मा सुदूरपश्चिम जनकपुरलाई हराएर फाइनल पुगेको थियो । जनकपुरले क्वालिफाइड २ मा कर्नाली यक्स लाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।