पुष १९ धनगढी-
जिल्लाको उत्तरी चुरे क्षेत्रमा समेत बाघ लगायतका मांसाहारी प्रजातिको अवस्था अध्ययनका लागि क्यामेरा जडान गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले सरक्षणका क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुसंगको सहकार्यमा चुरे क्षेत्रमा बाघ लगायतका मांसाहारी प्रजातिको अवस्था अध्ययनका लागि क्यामेरा जडान गरिएको हो ।
शुक्रबार एक कार्यक्रमका विच बेदकोट नगरपालिकाको चुरे क्षेत्रका वनमा दुई थान क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले जिल्लाको ब्रम्हदेब जैविक मार्ग सहितका आसपासका क्षेत्रमा बाघ सहितका मासाहारी बन्यजन्तुको आगमन बढिरहेकाले क्यामेरा विधीबाट गणना सहित अध्ययन गर्न लागिएको बताए ।
यस क्षेत्रमा बाघ सहितका प्रजातिको अनुगमन एव अध्ययन गर्नका लागि क्यामेरा जडान गरिने र भावि दिनमा आवश्यकता अनुरुप थप गरिने बताए ।
सुप प्रदेश उद्योग पर्यटन वन वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले क्यामेरा जडान उद्घाटन गर्दै वन्यजन्तु र मानव विचकोद्वन्द्व न्यूनिकरणका लागि क्यामेरा जडानबाट सहज हुने बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका वन मन्त्रालयका सचिव भट्टराईले निकुञ्जसंगै उत्तरी चुरे वन क्षेत्रमा भेटिने वन्यजन्तुको सरक्षण आवश्यक रहेको औल्याए ।
सुप प्रदेशका वन निर्देशक हेमराज विष्टले मानवको अस्थित्वका लागि समेत बाघ लगायतका मासाहारी बन्यजन्तु सरक्षण अपरिहार्य रहेको बताए । निर्देशक विष्टले मानव बन्यजन्तुविच हुनेद्वन्द्व न्यूनिकरणका लागि समेत क्यामेरा ट्यापिङ विधी उपभोगमा जोडदिए ।
यस अघि शुक्लाफाँटा निकुञ्जमा समेत बाघ सहितका बन्यजन्तुको अनुगमनका लागि क्यामेरा जडान गरिएका थिए । पछिल्ला बर्षहरुमा सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा वन्यजन्तुको गतिबिधी बढ्दै गएपछि मानव बन्यजन्तुविच हुने द्वन्द्व न्यूनिकरण आवश्यक रहेको सरकारवालाको जोड दिएका छन ।