गणेश क्षेत्री /
माघ ३ धनगढी
टीकापुर नगरपालिका वडान ८ बटनपुर मा वडास्तरिय फुटबल प्रतियोगिता यहि माघ ७ गतेदेखि शुरु हुनेभएको छ
स्वास्थ्य का लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद प्रतियोगिता हुनलागेको वडा अध्यक्ष दिर्घ ठकुल्ला ले बताउनुभयो । ठकुल्लाले वडास्तरिय खेल भएकोले टीकापुर नगरपालिका भित्रका टिम ले मात्रै सहभागिता जनाउन सक्ने बताउनुभयो
१३ गतेसम्म मा फाइनल खेल खेलाउने योजना रहेको वडान ८खेलकुद संयोजक खगेन्द्र प्रसाद उपाध्याय ले बताउनुभयो ।
उपाध्याय ले प्रथम पुरुस्कार ५१ हजार र सिल्ड दोस्रो पुरुस्कार ३१ हजार र सि्ल्ड रहेको छ भने बेस्ट प्लेयर १ हजार ५ सय , बेस्ट किपर १ हजार ५ सय , राइजिङ प्लेयर , बेस्ट डिफेन्डर , बेस्ट स्कोरक लाइ नगद र प्रमाणपत्र प्रदान गरिने उपाध्याय ले बताउनुभएको छ
म्याचमा फिफा को मान्यताप्राप्त रेफ्री ले खेलाउनेछन ।टीकापुर नगरपालिका भित्रको वडाको सिफारिस नागरिकता र जन्मदर्ता , फोटाे सहित खेलकुद को सचिबालय वडान ८ को कार्यालय मा ९७४८५३७२४५ मा समेत सम्पर्क गर्न सकिनेछ ।
टिम दर्ता आज देखि ६ गते साँझको ५ बजेसम्म गर्न सकिनेछ भने दर्ता शुल्क २ हजार ५ सय रहेको छ
टीकापुर नगरपालिका र वडान ८ को आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो !स्थानिय नेता जितराम चौधरी ले वडा स्तरिय फुटबल प्रतियोगिता मा खेलाडी कौशलता देखाउने अवसर समेत भएको बताउनुभयो