टीकापुर ८ मा वडास्तरिय खेलकुद प्रतियोगिताको दोस्रो दिन सम्पन्न

गणेश क्षेत्री
माघ ८ धनगढी
स्वास्थ्य का लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने नाराका साथ टीकापुर नगरपालिका वडान ८ मा हुनलागेको वडा स्तरीय खेलकुद प्रतियोगिता आज दोस्रो दिन सम्पन्न भएको छ

आज भएको पहिलो खेलमा टीकापुर १ ए र वडान २ बिच भएको खेलमा टीकापुर १ ए ले १ का विरुद्ध २ गोल गरेर बिजयि भएको छ
दोस्रो खेलमा वडा नम्बर ४ बि र वडान ३ का बिच भएको खेलमा कुनैपनि टिमले गोल गर्न नसकेपछि पेनाल्टी भएको थियो
पेनाल्टीमा वडा नम्बर ३ बिजयि भएको थियो

त्यसैगरि तेस्रो खेलमा वडान ७ बि र वडान ५ का बिच भएको खेलमा खेलको १५ मिनेटमा वडान ५ ले १ गोल गरेको थियो मध्यान्तर पछि कुनैपनि टिम ले गोल नगरेपछि मध्यान्तर भन्दा अघिको गोल नै निर्णायक भएर वडान ५ बिजयि भएको थियो

त्यसैगरी भोलि बिहान १० बजे शुरुहुने खेलमा वडान ६ वडान ९ बि का बिच पहिलो रोमान्चक खेल हुने छ भने दोस्रो खेल वडान ४ ए र वडान ८ सि का बिच हुने र तेस्रो तथा भोलि हुने अन्तिम खेल वडान ७ ए र वडान १ बि का बिच हुने वडान ८ का खेलकुद संयोजक केपि उपाध्याय ले बताउनुभयो
प्रतियोगिता को मुख्य आयोजक रहेको वडान ८ का अध्यक्ष दिर्घ ठकुल्ला ले खेलकुदमा प्रतिस्पर्धा त हुन्छ तर मनमा रिस राग र वैमनस्यता त्यागेर खेल्ने खेलाडी अनुशासित खेलाडी हुने बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply