धनगढीमा जारी पीएम कपको सुपर फोरमा सुदूरपश्चिम पराजित

माघ १० धनगढी
कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तरगत सुपर फोरमा सुदूरपश्चिम पराजित भएको छ । बिहीबार फाप्ला मैदानमा भएको सुपर फोरको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई पराजित गरेको हो ।

आर्मीले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम ९६ रनमा पराजित हुन पुगेपछि पराजित भएको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रन मात्रै बनायो । सुदूरपश्चिमका लागि मनिषा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाइन् । आर्मीकी सुस्मिता भुषालले ३ तथा सीता शाही र लक्ष्मी साउदले १/१ विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले सम्झना खड्काको उत्कृष्ट पारीको मदत्तले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । खड्का ७४ रन बनाइन । सुदूरपश्चिमका जानकी थापाले २ तथा आशिका महरा र रेवती धामीले एक÷एक विकेट लिइन् ।

बिहीबार नै भएको सुपर फोरको पहिलो खेलमा अर्को विभागीय टोली एपीएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply