धनबहादुर बिक –
माघ १२ धनगढी
पुनर्वास नगरपालिका ६ स्थित टाउन बजार नजिकै शुक्रबार गणेश भगवान को मुर्ति स्थापना गरिएको छ ।
साविक त्रिभुवनबस्ति वडा नम्बर २ मा नवनिर्मित भवनमा भगवान गणेश को मुर्ति स्थापना गरिएको हो ।
शुक्रबार पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले नवनिर्मित भवनको समेत उद्घाटन गर्दै गणेश भगवान को मुर्ति स्थापना गर्नुभएको छ ।
मुर्ति स्थापना अघि गणेश भगवान को मुर्ति सहित श्रद्धालु भक्तजनले भजन कृतन गर्दै टाउन बजार हुँदै साविक वडा नम्बर १ र २ मा कलस यात्रा गरेका थिए
भगवान गणेश को मन्दिर स्थापनाका लागि
२०६८ सालमा गणेश मन्दिर व्यवस्थापन समिति गठन गरि अनौपचारिक रूपमा विभिन्न धार्मिक कार्यक्रम हरू सञ्चालन गरिदै आएकोमा २०८१ सालमा मन्दिर स्थापना हुन सफल भएको समितिका अध्यक्ष दिलिप शर्माले बताए ।
समितिले १ कट्ठा जग्गा खरिद गरेको सो स्थानमा समाजसेवी दिपक कार्किले स्वर्गीय बुवाको सम्झनामा साडे ३ धुर जग्गा दान गरेका छन । हाल साडे २३ धुर जग्गामा भगवान गणेश को मन्दिर तथा मुर्ति स्थापना हुन सफल भएको स्थानीय नवीन तिमिल्सिनाले बताए ।
नवनिर्मित भवन को उद्घाटन तथा मन्दिरमा गणेश भगवान को मुर्ति स्थापना गर्दै नगर प्रमुख तोय प्रसाद शर्माले समाजमा गरिने धार्मिक क्रियाकलाप ले सामाजिक सदभाव कायम राख्नु संगै भावी सन्ततिलाई विकृति विसंगति देखि टाढा राख्न टेवा पुग्ने बताउनुभयो । सो अवसरमा बुद्धिजीवी ,समाजसेवी तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।