कैलालीमा ५० हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप

माघ १२ धनगढी
कैलालीमा ५० हजार नौ सय १३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म जिल्लाका १३ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने भएको हो ।

जिल्लामा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ४८ हजार एक सय ४६ र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका दुई हजार सात सय ६७ किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका खोप निरीक्षक प्रदीप जोशीले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिकामा १० हजार चार सय ७९,गोदावरी नगरपालिकामा छ हजार सात सय ९२,गौरीगंगामा चार हजार तीन सय ८१,घोडाघोडीमा पाँच हजार ६७,टीकापुरमा पाँच हजार एक सय नौ र भजनी नगरपालिकामा दुई हजार छ सय ५२ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

त्यस्तै, लम्कीचुहा नगरपालिकामा पाँच हजार छ सय ७१,कैलारी गाउँपालिकामा दुई हजार ४९,चुरेमा एक हजार एक सय ३८,जानकीमा दुई हजार तीन सय ३७,जोशीपुरमा एक हजार छ सय ५३,बर्दगोरियामा दुई हजार दुई सय ८७ र मोहन्याल गाउँपालिकामा एक हजार दुई सय ९८ किशोरीलाई ‘एचपिभी’ खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

जिल्लाका चार सय ३६ सामुदायिक विद्यालय र तीन सय १९ संस्थागत विद्यालय गरी सात सय ५५ विद्यालयमा खोप केन्द्र रहने उनले बताए । उनले खोप कार्यक्रमका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको,विद्यालय स्वास्थ्य शिक्षा,शिक्षक गोष्ठि,खोप समन्वय समितिका बैठकहरु भइरहेको बताए ।

उनले खोप सुरक्षित रहेकाले निर्धक्क भएर लगाउन सम्बन्धित सबैलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply