काठमाडौंको ग्यास सिलिन्डर विस्फोट, १३ जना घाइत

बिहीबार, २४ माघ २०८१
धनगढी – काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट भएको छ । ग्यास सिलिन्डर विस्फोटका क्रममा कम्तीमा पनि १३ जना घाइते भएको प्रहरीले जनाएको छ । कमलपोखरीको सानदार मःम पसलमा विस्फोट भएको प्रहरीले जनाएको छ ।
उक्त पसलमा जम्मा १४ जना कार्यरत रहेको र एकजना बाहिर निस्किएका थिए ।

एकजनाको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाउने तयारी गरिएको छ । बाँकी १२ जनालाई हिमाल अस्पतालमा पुर्‍याइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

ग्यास कसरी लिक भएको थियो भन्ने विषयमा अनुसन्धान थालिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply