खेमराज भट्ट १३ चैत २०८१
काठमाडौ – मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन जिल्ला प्रशासन कार्याल रुपन्देही को सि डि ओ ले मिटर ब्याज पिडक को पक्षमा लागेर आफुलाइ झनै पिडित बनाएको पिडित तुलसी गुरुङले आरोप लगाउनुभएको छ ।
रुपन्देही जिल्ला को संयोजक मा मीटर ब्याज बाट पीडित तुलसी गुरुङ को आर्थिक लेनदेन भएको २०७५ साल जसमा ४.५ कठ्ठा र ५ धुर घर सहित जग्गा मीटर ब्याजी साहु बुद्धि माया श्रीस थापा ले त्यो जग्गा राजीनामा पास गरी ६ महिना को सर्तनमा बनाई २१ लाख रुपैयाँ को कारोबार भएको थियो
२१ लाख को कारोबार हुँदा पीडित तुलसी गुरुङ ले पीडक बुद्धि माया श्रीस थापा लाई १० लाख नगद बुझाई सक्नु भएको थियो भने पीडक बुद्धि माया श्रीस थापा ले ४.५ कठ्ठा बाट १० धुर अरु लाई बेचिसकेको पनि २०७५ साल मै पीडित तुलसा गुरुङ को भनाइ छ ।
मेरो ४ करोड को सम्पति हडप्न खोजेको पीडित तुलसी गुरुङकाे भनाइ अनुसार पीडक बुद्धि माया श्रीस थापा लाई उहाँ ले सबै पैसा बुझाइ सक्दा पनि पीडक बुद्धि माया थापा ले गुण्डा लगाई गाली गलौच धाक धम्की दीएर पीडित तुलसी गुरुङ को घरमा ताल्चा हानेको थियो र पीडित तुलसी गुरुङ ले न्याय माग्न जिल्ला प्रशासन कार्यालय रुपन्देही ,इलाका प्रहरी कार्यालय ,नगर पालिका ,वडा मा समेत जाँदा न्याय पाउनु भएको छैन ।
पीडक बुद्धि माया थापा श्रीस राप्रपा बाट बुटवल उप महानरपालिका बाट उहाँ को दाई रूप सिंह थापा ले मेयर को चुनाव मा चुनाव लड्नु भएको थियो भने हाल उहाँ राष्ट्रिय शक्ति नेपाल को केन्द्रीय सदस्य हुन् , दाई लाई प्रयोग गरी पीडक बुद्धि माया श्रीस थापा ले अपरिचित ब्यक्ति प्रयोग गरी सधैं मानसिक यातना दिने धाक धम्की दिने मारिदिन्छु भन्ने र तिनको टर्चर र मानसिक यातना ले पीडित तुलसा गुरुङ को बुढा लाई प्रेसर बढेर प्यारालाइसिस भएको छ ।
प्रशासन ,प्रहरी र पालिका,बाट न्याय न पाएसी मीटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल रुपन्देही लाई सम्पर्कगरी आफ्नो घरको ताल्चा तोडेर बसेको पिडित ले बताउनुभयो ।
तर जिल्ला प्रशासन कार्यालय रुपन्देही का सिडीओ लाइ जानकारी गराउँदा न छलफल गराउनु हुन्छ न केही गर्नु हुन्छ। उल्टै पीडित को घर मा सिडीओ ले प्रहरी पठाएर मेरो घर खाली गराई राख्नु भएको छ । न्याय दिनु हुन्छ भनेर गुहार माग्न पटकपटक सिडियाे गएको थिए तर उल्टै तपाईं त्यो घरमा बस्न पाउनु हुन्न त्यो घर तपाईं को हैन त्यो घर बुद्धि माया श्रीस थापा को हो भनेर फिर्ता पठाई दिएको पिडित को गुनासो छ ।
जबकि अदालत मा मेरो मुद्दा चल्दै छ मुद्दा को टुंगो न लागि सक्दा म आफ्नो घरमा बस्न पाउने आशा थियो तर सिडीओ सँग कुरा गर्दा हुन्छ तपाईं लाई बस्ने वातावरण बनाई दिन्छु भन्नु भएको थियो तर उसको भोलि पल्ट फेरि सिडीओ कै निर्देशन मा प्रहरी पठाई त्यो घरको सामान सबै प्रहरी लाई भनेर फाल्न लगाएर साथै ४/५ जना अपरिचित ब्यक्ति प्रयोग गरी हात पात् समेत गरी मेरो घरमा ताल्चा समेत हान्न लगाएको पिडित को गुनासो छ ।
मीटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन ले दिएको न्याय ले मलाई मेरो घरमा बस्न पाउछु साेचेकाे थिए चखनाचुर भएको पिडित काे भनाइ छ। पिडित भन्छन् सिडीओले मलाई घरबार विहिन बनाउनु भयो अब हामी न्याय माग्न कहाँ जाने अब त मेरो आशा भराेसा र विश्वास मरेको छ मेरो सम्पति मलाई फिर्ता हुँदैन भने म आत्महत्या सम्म गर्छु यसको जिम्मेदार खुद रुपन्देही जिल्ला को सिडीओ साप हुन्छन् पिडित तुलसा ले बताउनुभयो।