चैत २१ धनगढी
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलस्थित दशगजा क्षेत्रमा वयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको छ । बिहीबार बिहान हात्ती मृत अवस्थामा भेटिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा। आभाश श्रेष्ठका अनुसार हात्तीको सुँडमा घाउ देखिएको छ । शरीरको अन्य भागमा घाउ देखिएको छैन ।
‘अहिले नै मृत्युको कारण भन्न सकिने अवस्था छैन,’ डा. श्रेष्ठले भने, ‘पोष्टमार्टम गर्ने तयारी भइरहेको छ, त्यसपछि मात्रै केही भन्न सकिन्छ ।’ उनका अनुसार हात्ती दशगजामा नेपाल र भारत दुवैतर्फ रहेको छ । भारततर्फको पनि वनको टोली घटनास्थलमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1