गड्डाचौकी भन्सारमा सर्वसाधारणमाथि प्रशासनको दमन बन्द गर्न क्रान्तिकारी युवा संगठनको माग

हेमा भट्ट २८ चैत २०८१
कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट आयात हुने सामान चेकजाँचका क्रममा सर्वसाधारण नागरिकहरूलाई बारम्बार दुःख दिइएको भन्दै क्रान्तिकारी युवा संगठन, नेपाल (सुदूरपश्चिम प्रदेश समिति) ले विरोध जनाएको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले भन्सार तथा प्रशासनिक निकायको राजस्व संकलन गर्ने दायित्वप्रति सम्मान जनाउँदै सोही प्रक्रिया अन्तर्गत ठूला व्यापारीहरूलाई छुट दिइए पनि सर्वसाधारण नागरिकहरूलाई भने बारम्बार असहज बनाइएको उल्लेख गरेको छ।

“गड्डाचौकी भन्सारदेखि महेन्द्रनगर बजारको दूरी जम्मा पाँच किलोमिटर मात्र हो, तर त्यसै सानो दूरीमा ३–४ स्थानमा चेकजाँचका नाममा सर्वसाधारणमाथि असहज र अमानवीय व्यवहार भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

संगठनका अनुसार हिजो मात्र एक सर्वसाधारण महिलाले ल्याएको सामग्री प्रहरीले लछारपछार गर्दै खोसेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसले आम नागरिकको आत्मसम्मानमा गम्भीर चोट पुर्‍याएको छ।

गृह प्रशासनलाई चेकजाँचका नाममा भइरहेका यस्ता कार्यहरू तत्काल बन्द गर्न अपिल गर्दै संगठनले चेतावनी दिएको छ कि यदि यस्ता गतिविधि तत्काल रोकिने छैनन् भने सर्वसाधारण नागरिकहरू बाध्य भएर प्रतिरोधमा उत्रिन सक्छन्। त्यसबाट उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रशासनिक निकायको हुने संगठनले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply