अष्टम साना किसान कृषि सहकारीको तेस्रो ऐतिहासिक एकीकरण दिवस भव्य रूपमा सम्पन्न हुँदै

कृष्ण केसी,बैशाख २७
बाँके – अष्टम साना किसान कृषि सहकारी संस्था लि. ले आफ्नो तेस्रो ऐतिहासिक एकीकरण दिवसलाई भव्य, सभ्य तथा उत्साहजनक रूपमा सम्पन्न गर्ने तयारीलाई तीव्र बनाएको छ। कृषि, सहकारी र ग्रामीण विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको संस्थाले एकताको शक्ति र सहकार्यको भावना झल्काउने उद्देश्यसहित विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।

२०८३ साल जेष्ठ १ गते बिहान ११ बजे संस्थाको मुख्य कार्यालय राप्तीसोनारी-८, शम्शेरगञ्ज, बाँकेमा आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सहकारी अभियन्ता, कृषक, बुद्धिजीवी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

संस्थाले उक्त ऐतिहासिक अवसरमा सम्पूर्ण शुभेच्छुक, सरोकारवाला तथा अतिथिहरूलाई हार्दिक निमन्त्रणा व्यक्त गर्दै कार्यक्रममा उपस्थित भई आतिथ्य ग्रहण गरिदिन अनुरोध गरेको छ।

सहकारीमार्फत कृषकको जीवनस्तर उकास्ने, उत्पादन वृद्धि गर्ने, आत्मनिर्भर कृषि प्रणाली विकास गर्ने तथा ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने अभियानमा संस्थाले खेलेको भूमिका पछिल्लो समय उदाहरणीय बन्दै गएको स्थानीयवासी बताउँछन्।

तेस्रो एकीकरण दिवसले सहकारी आन्दोलनलाई अझ बलियो, संगठित र प्रेरणादायी बनाउँदै कृषक एकताको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply