स्वेता भट्ट (साहारा)
धनगढी, सुदूरपश्चिमनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य स्वेता भट्टले जनयुद्धको योगदानलाई स्मरण गर्दै हालका दिनमा त्यसलाई संस्थागत गर्न अझै धेरै संघर्ष आवश्यक रहेको बताएकी छन्।
उनका अनुसार २०५२ सालमा सुरु भएको माओवादी जनयुद्ध केवल सशस्त्र संघर्ष होइन, विचारको क्रान्ति थियो जसले सामन्तवाद, जातीय उत्पीडन, लैंगिक असमानता र राजतन्त्रजस्ता संरचनागत समस्याविरुद्ध आवाज उठायो। “यदि जनयुद्ध नभएको भए आजको गणतन्त्र, संघीयता र समावेशिता सम्भव हुने थिएन,” उनले भनिन्।
स्वेता भट्टले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को योगदानलाई पनि स्मरण गर्दै भनिन्, “प्रचण्डज्यू रणनीतिक नेता मात्र नभई शान्ति प्रक्रियामा क्रान्तिकारी विचारलाई समाहित गर्न सक्ने नेतृत्वकर्ता हुनुहुन्छ।” उनले १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता, गणतन्त्रको घोषणा र संविधान निर्माणसम्म प्रचण्डको भूमिका निर्णायक रहेको बताइन्।
उनले हालको प्रमुख चुनौतीका रूपमा सामाजिक न्याय, समान अवसर र उत्पीडित समुदायहरूको राजनीतिक सहभागिता सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै भनिन्, “हामीले परिवर्तन ल्यायौं, तर त्यो परिवर्तनलाई **संस्थागत गर्दै स्थायीत्व दिन अझै धेरै गर्न बाँकी छ।”
भट्टले पार्टी कार्यकर्तालाई वैचारिक, संगठनात्मक र बौद्धिक रूपमा अझ सशक्त हुन आग्रह गरिन्। उनले भनिन्, “संघर्षको श्रृङ्खला नरोकिने गरी अघि बढौं, यही हाम्रो यात्राको नयाँ अध्याय हो।”
उनले माओवादी पार्टीलाई अब समावेशी, जनकेन्द्रित र प्रगतिशील शक्तिको रूपमा पुनःस्थापित गर्ने दाबी गरिन्। “हामी अब वर्गीय र पहिचानको मुद्दालाई समेट्दै सम्पूर्ण जनताको पार्टी बन्नेछौं,” स्वेता भट्टले भनिन्।
– संवाददाता स्वेता भट्ट