आजदेखि पिएफए भेट्रान्स कप सुरु हुँदै

जेठ २५ धनगढी
कैलालीको अत्तरियामा आजदेखि पिएफए भेट्रान्स कप सुद हुँदैछ । अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबको आयोजनामा आजदेखि भेट्रान्स कपको छैठौ संस्करण सुरु हुन लागेको हो ।

प्रतियोगिताका विजेताले एक लाख पुरस्कार पनि पाउने छन् । टी–२० फम्र्याटमा खेलाइने प्रतियोगितामा उपविजेता टिमले नगद ५० हजार पाउने छन् । असार ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिम सहभागी हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा ३२ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिहरू मात्रै सहभागी हुन पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ ।

यस्तै वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई समान नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ ।यसअघि अक्सन मार्फत खेलाडीहरू खरिद गरिएको भेट्रान्स प्रतियोगितामा यो वर्ष भने टिम नै सहभागी बनेका छन् ।

अत्तरियामा रङ्गशाला निर्माणका लागि दबाब दिने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

प्रतियोगिता आज दिउँसो २ बजे अत्तरियामा रहेको सशस्त्र प्रहरीको खेल मैदानमा उद्घाटन गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply