प्रदेश स्तरीय रास्ट्रपति रनिङ सिल्डमा कैलाली पहिलो

जेठ २६ धनगढी
सुदूरपस्चिम प्रदेश स्तरीय १५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कैलाली पहिलो बनेको छ । कैलालीले ३५ स्वर्ण पदक सहित लगातार चौथो पटक पहिलो स्थान हासिल गरेको हो ।

धनगढी रंगशालामा आयोजित प्रतियोगितामा कैलालीले ३५ स्वर्ण, १२ रजत र १० कास्य पदक सहित २५ हजार नगद पुरस्कार तथा ट्रफी र मेडल प्राप्त गरेको छ ।

कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख आश्रम केसीले कैलाली जिल्ला निरन्तर प्रथम भएर गत बर्षनै सिल्ड पच गरिसकेको बताए । ३ पटक लगातार सिल्ड जितिसके पछि अर्को सिल्ड बनाउनु पर्ने ब्यवस्था अनुसार यो वर्ष अर्को सिल्ड लिन सफल भएको उनले बताए । कैलालीले १२ औं, १३ औं, १४ औं र १५ औं रनिङ सिल्ड प्रतियोगितामा प्रथम हुँदै निरन्तर ४ वटा रनिङ सिल्ड प्रतियोगितामा जितेको छ ।

प्रतियोगितामा १७ स्वर्ण सहित कञ्चनपुर जिल्ला दोश्रो भएको छ । कंचनपुरले १२ रजत र ११ कास्य पदक जितेको छ । कञ्चनपुरले नगद १५ हजार पुरस्कार सहित ट्रफी तथा मेडल प्राप्त गरेको छ । यस्तै ७ स्वर्ण सहित बझाङ जिल्लाले तेस्रो स्थान प्राप्त गरेको छ । बझाङले ४ रजत तथा ११ कास्य पदक जित्दै नगद १० हजार तथा ट्रफी र मेडल प्राप्त गरेको छ । यस्तै चौथो स्थान प्राप्त गर्न सफल बैतडीले ३ स्वर्ण, ६ रजत तथा ७ कास्य पदक पाएको छ ।

आइतबार प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्रालयका सचीव डा. हेमराज रेग्मीले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply