बालुवामा पनि सुन फलाउन सकिन्छ” — चैते मकै उत्पादनमा जमुना ओलीको उदाहरणीय सफलता

कृष्ण केसी – २०८२ असार ९ गते
बैजापुर–४, राप्ती सोनारी गाउँपालिका, बाँके “गरे के असम्भव छ र?” भन्ने भनाइलाई यथार्थमा रूपान्तरण गरेकी छिन् बैजापुरकी ४६ वर्षीया किसान जमुना ओलीले। विगत चार वर्षदेखि चैते मकै खेतीमा लागेकी उनी चैते मकै उत्पादनमार्फत खाली जमिनलाई आम्दानीको स्रोत बनाउन सफल भएकी छिन्।

यस वर्ष २० कठ्ठा जमिनमा सिपि–६६६ जातको हाइब्रिड मकै लगाएकी ओलीले करीब ५० कुन्टलभन्दा बढी मकै उत्पादन गरेकी छिन्। बजारमा अहिले प्रतिकुन्टल ३५००–३६०० रुपैयाँको दरमा बिक्री भइरहेको हुँदा उनले तीन महिनामै १ लाख ७५ हजार रुपैयाँ नाफा कमाएकी छिन्। खेतीमा कुल खर्च २५ हजार रुपैयाँ मात्र भएको बताउँछिन् उनी।

खाली जमिन नराखौं, उत्पादन बढाऔं,” भन्दै उनले अन्य किसानलाई पनि चैते मकै उत्पादनमा लाग्न प्रेरणा दिएकी छिन्। स्वदेशमै परिश्रम गरे पनि आम्दानी कम छैन भन्ने उदाहरण बनेकी जमुना ओली कृषि पेशाबाट आफ्ना दुई सन्तानलाई विदेशमा शिक्षाको अवसर दिलाउनसमेत सफल भएकी छिन्।

जमुना ओलीको मेहनत र दूरदृष्टिले देखाउँछ—सकारात्मक सोच, परिश्रम र निष्ठाले गर्दा नेपाली माटोमै समृद्धिको बीउ रोप्न सकिन्छ


=”https://raikwarkhabar.com/wp-content/uploads/2025/06/inbound1887927862555842349-266×300.jpg” alt=”” width=”266″ height=”300″ class=”alignnone size-medium wp-image-77117″ />

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply