कृष्ण केसी असार १०, २०८२
बाँके- राप्ती सोनारी गाउँपालिकाको १७औं गाउँसभा अधिवेशन मिति २०८२ असार १० गते सम्पन्न भएको छ। गाउँपालिका कार्यपालिकाको कार्यालय अगैयामा आयोजित अधिवेशन अध्यक्ष श्री तप्त बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।
सभामा अध्यक्ष पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष मनिषा सिंह थारुले बजेट, विनियोजन ऐन, आर्थिक ऐन र न्यायिक समितिको प्रतिवेदन समेत सभा समक्ष पेस गरिन्।
महालेखा परीक्षकको बेजुरु प्रतिवेदन सार्वजनिक लेखा समितिका संयोजक श्री केशवराज परियारले प्रस्तुत गरे। संस्थागत सुशासन समिति संयोजक सालिकराम डाँगी, आर्थिक समिति संयोजक मिनकुमार चौधरी र विधायन समितिका संयोजक रामलखन थारुले आ–आफ्ना प्रतिवेदन र कार्यविधि संशोधन प्रस्ताव पेस गरे।
सभाबाट राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २० करोड ६० लाख २९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। बजेटमध्ये चालु खर्चतर्फ ८२ करोड १८ लाख २९ हजार, र पुँजीगत खर्चतर्फ ३७ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
कृषि तथा पशुपालन – २ करोड ९४ लाख
भूमि व्यवस्था – ६० लाख (वडा नं. ४, ५ र ७ मा भूमिहीन/सुकुम्बासीका लागि)
सहकारी तथा वित्तीय संस्था – ५६ लाख
उद्यम विकास – १६ लाख
रोजगारी प्रवर्द्धन – १ करोड १४ लाख ४४ हजार
शिक्षा – २९ करोड ९ लाख ८५ हजार
स्वास्थ्य – ८ करोड ७३ लाख ५० हजार
खानेपानी – ३४ लाख
महिला, बालबालिका तथा समाज कल्याण – ४४ लाख
पूर्वाधार विकास – ३७ करोड ८८ लाख
वन, वातावरण तथा विपद् व्यवस्थापन – १ करोड २६ लाख ५० हजार
शासन तथा संस्थागत विकास – १७ करोड ८१ लाख
न्यायिक समिति/मेलमिलाप केन्द्र – २० लाख
सूचना प्रविधि विकास – ३५ लाख
पञ्जीकरण तथा सामाजिक सुरक्षा – १० लाख
साझेदारी/सामाजिक विकास/मर्मतसम्भार कोष – ७९ लाख
पूरक योजना – २ करोड ५८ लाख
स्थानीय पूर्वाधार सहयोग कार्यक्रम – ५ करोड ७ लाख
गाउँसभा अधिवेशन शान्तिपूर्ण ढंगले सम्पन्न भएको र पारित बजेट गाउँपालिकाको दिगो विकास र समावेशी सेवाप्रवाहमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।