स्काईवाक नेपालको दोस्रो वार्षिकोत्सव: आकाश छुने यात्राको दोश्रो वर्ष

खेमराज भट्ट १५ असार २०८२
काठमाडौ नेपालको अत्याधुनिक साहसिक तथा मनोरञ्जन स्थल स्काईवाक नेपाल ले आइतबार काठमाडौंको कमलादीस्थित आफ्नै टावर परिसरमा दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।

दिउँसो १२ बजेदेखि २ बजेसम्म आयोजित कार्यक्रममा विशिष्ट अतिथि, कर्मचारी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक प्रस्तुती, अनुभव साटासाट, तथा स्काईवाक अवलोकनले उत्सवलाई थप आकर्षक बनायो।

‘आकाश अब माथि छैन’ — एक सपना, अब यथार्थ:२०७९ सालमा वन्डर्स ग्रुपको लगानीमा स्थापना गरिएको स्काईवाक नेपालले छोटो समयमा नै राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा आफ्नो पहिचान बनाइसकेको छ। पारदर्शी सिसाबाट निर्मित हिँड्ने मार्ग, काठमाडौंको ३६० डिग्री दृश्यावलोकन, र साहसिक अनुभूतिको अनौठो संगमले यो स्थान विशेष आकर्षणको केन्द्र बनेको छ।

स्काईवाक नेपालका एक प्रतिनिधिले भने,“हामी केवल मनोरञ्जनको स्थल होइन, आकाशसँग आत्मीय सम्बन्ध गाँस्ने प्रयास गरिरहेका छौं। स्काईवाक एक अनुभव हो— जुन साहस, सौन्दर्य र सम्भावनाको संगम हो।”

भव्य संरचना, नवीन सेवा र जनउत्तरदायी सुविधा ७८.५ मिटर अग्लो टावर कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसको २५औं तलामा स्काईवाक प्लेटफर्म अवस्थित छ। ३० एमएमको मोटो सिसा प्रयोग गरी निर्मित यो प्लेटफर्मबाट हिँड्दा मानौँ आकाशमा उडिरहेको अनुभूति हुन्छ। जमिनभन्दा ३५ मिटर मुनिसम्म गाडिएका ५८ वटा फलामका डण्डीहरूले टावरलाई मजबुत बनाएका छन्।

यहाँ ५०० जनासम्म अट्न सक्ने क्षमता छ, दुई वटा लिफ्टबाट एकै पटक ४५ जनाले टावरको शिखरमा पुग्न सक्छन्। स्काईवाकमात्र होइन, यहाँ स्काइ बार, स्काइ क्याफे, स्काइ क्लब (निर्माणाधीन), र विभिन्न आउटलेटहरू जस्तै हिमालयन जाभा, फिलि चिया, बाइबियर माइक्रो पब, एभरेस्ट मःमः आदिको पनि सुविधा उपलब्ध छ।

वार्षिकोत्सवको अवसरमा विशेष उपहार:स्काईवाकले आफ्नो वार्षिकोत्सवको अवसरमा आगन्तुकहरूलाई फोटो अंकित कप नि:शुल्क उपहार दिइने घोषणा गरेको छ। यो अफर छुट सुविधा नलिएका टिकटधारी पाहुनाहरूका लागि आगामी तीन महिनासम्म लागू हुनेछ।

सांस्कृतिक, सामाजिक र पर्यटकीय योगदान:स्काईवाक काठमाडौँ न केवल एक मनोरञ्जन केन्द्र हो, यो काठमाडौं सहरका ऐतिहासिक स्थलहरूको अवलोकन स्थल पनि हो। यहाँबाट घण्टाघर, दरबार हाइस्कुल, सिंहदरबार, धरहरा, टुंडिखेलजस्ता स्थलहरू सहज रूपमा देख्न सकिन्छ।

संस्थाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र तीन फिटभन्दा कम उचाइ भएका बालबालिकाबाट कुनै शुल्क नलिने जनाउँदै सामाजिक उत्तरदायित्वको पनि परिपालन गरिरहेको छ।

स्काईवाक नेपालले राजधानीको मुटुभित्रै साहसिक र सांस्कृतिक अनुभवलाई समेटेर देशको पर्यटन, रोजगार र आन्तरिक प्रवर्द्धनमा सशक्त योगदान दिएको छ। तेस्रो वर्षमा प्रवेश गरेको यो संस्था अब भविष्यमा अझ रोमाञ्चक यात्राका लागि तत्पर देखिन्छ। “आकाश छुने सपना अब धरातलमै सम्भव छ — स्काईवाक नेपालको साथमा।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply