काठमाडौं महानगर वडा नं. १६ को म्हेपीमा सडक समस्या : स्थानीयवासी असहज

खेमराज भट्ट साउन १२
काठमाडौ – राजधानी काठमाडौंको म्हेपी क्षेत्र (वडा नं. १६) का बासिन्दाहरू लामो समयदेखि सडक समस्या भोग्दै आएका छन्। कहिले हिलाम्मे त कहिले धुलाम्मे हुने अवस्थाले स्थानीयलाई दैनिक आवतजावतमा ठूलो कठिनाइ भइरहेको छ।

स्थानीयको भनाइमा काठमाडौं महानगरपालिका भित्रको यो क्षेत्र उपेक्षितजस्तै देखिन्छ। एकातर्फ काठमाडौंलाई “सुन्दर शहर”, “हरियाली शहर” भनिन्छ, सफाइ अभियान चलाइन्छ, तर अर्कातर्फ म्हेपीजस्ता क्षेत्र सडकको अवस्था जस्ताको तस्तै रहेको छ।

“जहाँतहाँ हरियाली, नमुना सडक भनिए पनि हाम्रो क्षेत्रमा त साँचै हिड्नै नसक्ने अवस्था छ,” एक स्थानीय बासिन्दाले गुनासो गरे।

स्थानीय सरकार र सरोकारवाला निकायहरूको समयमै ध्यानाकर्षण नभए दैनिक जनजीवन झनै कष्टकर हुने भन्दै नागरिकहरूले चाँडो समाधानको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply