भाटभटेनीद्वारा विपद् उद्धार सामग्री काठमाडौं प्रहरीलाई हस्तान्तरण

खेमराज भट्ट, साउन १३,
काठमाडौं- विपद् सधैं अनिश्चित हुन्छ, तर तयारी निश्चित हुनुपर्छ” भन्ने मूल मन्त्रका साथ भाटभटेनी सुपरमार्केटले काठमाडौं जिल्लामा कार्यरत प्रहरीलाई विभिन्न विपद् उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा आयोजित एक विशेष समारोहबीच प्याडल बोट, लाइफ ज्याकेट, थ्रो ब्याग लगायतका सामग्रीहरू जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको उपस्थितिमा हस्तान्तरण गरियो।

कार्यक्रममा विभिन्न प्रहरी उपरीक्षक, नायब उपरीक्षक, निरीक्षकहरूसँगै भाटभटेनी सुपरमार्केटका मुख्य कार्यकारी अधिकृत पानु पौडेल, निर्देशक कल्याण गुरुङ तथा प्रतिकमान सिंह गुरुङ लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

एसएसपी अधिकारीले विपद् व्यवस्थापनमा यस्ता सामग्रीहरू उपयोगी हुने उल्लेख गर्दै सहयोगी हातप्रति विशेष धन्यवाद ज्ञापन गरे। उनले भने, “संकटका समयमा प्रहरीको भूमिका अझ प्रभावकारी बनाउन यस्ता सहयोगले ठूलो टेवा पुर्‍याउँछ।”

त्यस अवसरमा CEO पौडेलले भाटभटेनी सुपरमार्केटले समाजप्रतिको उत्तरदायित्वस्वरूप प्रहरीलाई सहयोग गरेको उल्लेख गर्दै भविष्यमा पनि प्रहरी प्रशासनसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापन प्रमुख अतिथि एसएसपी अधिकारीले मन्तव्यसहित धन्यवाद ज्ञापन गर्दै गरे।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply