खेमराज भट्ट भदौ २४
काठमाडौ -राजधानी जेनजी (Gen Z) पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन्। मंगलबार बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा युवाहरू भेला भएर आन्दोलनमा उत्रिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी १९ जनाको मृत्यु भएको छ भने ४२१ जना घाइते भएका छन्।
अवस्था नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान ८ः३० बजेदेखि अर्को आदेश नआएसम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1