नेपाली सेना आज रातिदेखि तैनाथ

खेमराज भट्ट, भाद्र २४।
काठमाडौ -देशभर बढ्दै गएको अशान्ति, लुटपाट र आगजनीजस्ता घटनालाई नियन्त्रण गर्न सरकारले नेपाली सेना तैनाथ गर्ने भएको छ।

रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै नागरिक जीवन र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि रोक्न सेनाले प्रत्यक्ष रुपमा भूमिका खेल्ने स्पष्ट गरेको हो।

भाद्र २४ गते राति १० बजेदेखि नेपाली सेना र अन्य सुरक्षा निकायहरु स्थिति नियन्त्रणमा खटिने उल्लेख गरिएको छ। सेनाले सम्पूर्ण नागरिकलाई सहयोगका लागि अपिल गर्दै भनेको छ—
“नेपाल र नेपालीको सुरक्षाका लागि आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न सेनाले दृढ रहिनेछ।”

सुरक्षाको अवस्थाको पुनर्मूल्याङ्कन गरी आवश्यकता अनुसार थप सूचना सार्वजनिक गरिने पनि सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply