त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसोदेखि सञ्चालनमा

खेमराज भट्ट, भदौ २५

काठमाडौ -आन्दोलन र सुरक्षा संवेदनशीलताका कारण अवरुद्ध उडान सेवा आज दिउँसोदेखि पुनः सुचारु हुने भएको छ। नेपाली सेनाले दिएको जानकारीअनुसार घरेलु (डोमेस्टिक) उडानहरू दिउँसो १२ बजेदेखि र अन्तर्राष्ट्रिय उडानहरू अपराह्न ४ बजेदेखि सञ्चालनमा ल्याइने निर्णय भएको हो।

गत केही दिनदेखि स्थगित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुरक्षाको अवस्था नियन्त्रणमा आएपछि चरणबद्ध रूपमा सुरु गर्न लागिएको सेनाले जनाएको छ।

यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी विवरणका लागि सम्बन्धित एयरलाइन्स र विमानस्थल प्रशासनसँग सम्पर्क राख्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply