खेमराज भट्ट, भाद्र २७
काठमाडौं-: नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले धितोपत्रको दोस्रो बजार कारोबार अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) अनुसार नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिपश्चात् आगामी भदौ २९ गतेदेखि असोज २ गतेसम्म दोस्रो बजार कारोबार बन्द रहने सूचनापत्रमा उल्लेख गरिएको छ।
यस अवधिभर कुनै पनि कारोबार हुन नपाउने भएकाले लगानीकर्ता, दलाल, तथा सरोकारवालालाई सचेत रहन नेपाल स्टक एक्सचेञ्जले आग्रह गरेको छ।
सूचनामा भनिएको छ, “नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृति अनुसार तोकिएको मितिमा कारोबार बन्द गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।”
यसबारे नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले औपचारिक जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1