बानेश्वरमा हङकङ बजार : सर्वसाधारणको नयाँ आकर्षण

खेमराज भट्ट, भाद्र २९
काठमाडौं – गाई–गोरु चराउँदै गाउँमै हुर्किएका रुमजाटारका गुरुङको जीवन संघर्ष र परिश्रमकै कथा हो। समयले उनलाई बेलायत पुर्‍यायो। त्यहाँ गरेको कडा श्रम र पसिनाको कमाइले उनले काठमाडौंको बानेश्वरमा जमिन किने।

स्थानीयको आग्रहमा गुरुङले आफ्नो जमिन बजार बसाल्न प्रयोग गर्न दिए। सोही दिनदेखि सुरु भएको यो बजार अहिले काठमाडौंको आकर्षण बन्न पुगेको छ। सुरुवाती दिनमा छाप्रा हालेर, भुइँमा प्लास्टर गरेर व्यवस्थित बनाइएका पसलहरू अहिले झिलिमिली बत्तीले झन् मनमोहक देखिन्छन्।

दयालु, परोपकारी र मिहिनेती गुरुङलाई आज सबैले “लाहुरे गुरुङ” भनेर चिन्छन्। गाउँमा गाई चराउने केटाबाट काठमाडौंमा बजार बसाल्ने व्यक्तिसम्मको उनको यात्रा साह्रै प्रेरणादायी छ।

बजारको भाडा अत्यन्तै सस्तो छ – १५ सयदेखि २ हजारसम्म। व्यापारीहरू भन्छन् – “हामीले इम्पोर्टरबाटै सामान ल्याएर बेच्ने भएकाले यहाँ सबै सामान सस्तोमा पाइन्छ।”
त्यस्तै, बजारमा आएका जो–कोहीले सहजै प्रयोग गर्न सक्ने गरी गुरुङले सार्वजनिक शौचालय खुला गरिदिएका छन्। व्यापारी कृष्णका अनुसार, “उहाँले सधैं सुविधामा जोड दिनुभयो, जसले गर्दा हामी सबैलाई सजिलो भएको छ।

दिन प्रतिदिन बढ्दै गएको भिडभाडले यो बजारलाई काठमाडौंका सर्वसाधारणको रोजाइमा बदलिदिएको छ। किनमेल मात्र होइन, हेर्न, घुम्न र वातावरण अनुभव गर्न आउनेहरूको पनि यहाँ चहलपहल बढेको छ।

आज बानेश्वर बजार केवल किनमेलको ठाउँ मात्र होइन, रुमजाटावर गुरुङको जीवन–संघर्ष र सफलताको जीवित प्रतीक बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply