धनगढीको नमुना गार्डनर प्रिन्ट, काठमाडौंमा प्रवेश

खेमराज भट्ट, काठमाडौं – सुदूरपश्चिमको धनगढीबाट लामो समयदेखि पत्रिका छाप्दै आएको गार्डनर डिजिटल प्रेस अब काठमाडौंमा पनि आफ्नो सेवा विस्तार गर्दैछ। संचालक महेश दाहाल नेतृत्वमा रहेको यस प्रेसले कार्ड, प्रमाणपत्र, ब्रोशर, क्यालेन्डर, फ्लेक्स मुद्रण, विवाह कार्ड, कप प्रिन्ट लगायत सबै प्रकारका डिजिटल छपाई र डिजाइन सेवामा विशेषज्ञता प्रदान गर्ने जनाएको छ।

पुरानो बानेश्वर, बासुकी मार्ग ( ग्लोबल कलेज नजिक) स्थित गार्डनर डिजिटल प्रेसले पेशेवर डिजाइन सेवासँगै ग्राहकमैत्री अनुभव प्रदान गर्दै आएको छ। धनगढीमा पत्रिका छाप्न सहयोग गर्दै आएको पहिलो छापाखाना बनेको यस प्रेसले अब काठमाडौंमा आफ्नो पहुँच विस्तार गर्दै, व्यवसाय, विद्यालय, संस्था र व्यक्तिगत ग्राहकलाई उच्च गुणस्तरको छपाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

संचालक महेश दाहालले भने,हामी हाम्रो मूल नारा कल्पना भन्दा बाहिर छाप्नुहोस्’ अनुसार हरेक ग्राहकको आवश्यकता अनुसार अनुकूलन गरिएको पेशेवर छपाई र डिजिटल डिजाइन सेवा प्रदान गर्नेछौं। काठमाडौंमा प्रवेशसँगै हामीले ग्राहकहरूलाई अझ व्यापक र सृजनात्मक विकल्पहरू उपलब्ध गराउनेछौं।”

गार्डनर डिजिटल प्रेसको सेवा दायरा मात्र छपाईमा सीमित छैन। ग्राहकहरूले आफ्नो ब्रान्ड, कार्यक्रम वा व्यक्तिगत अवसर अनुसार डिजाइन, प्रिन्ट र डिजिटल प्रचार सामग्री तयार गराउन सक्नेछन्। साथै, प्रेसले छोटो समयमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्पर्क: ९८४८५८१५९७
स्थान: पुरानो बानेश्वर, बासुकी मार्ग, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply