प्रधानमन्त्री कार्की आजै मन्त्रिपरिषद् विस्तार गर्दै, जेन–जी समूह पनि समेटिने

खेमराज भट्ट, असोज ५
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। जेन–जी समूहलाई समेत समेटेर आजै साँझ मन्त्रिपरिषद् विस्तार हुने भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीका अनुसार नयाँ मन्त्री बन्नेहरूको कागजात संकलन भइरहेको छ। “कागजात पूरा भएपछि सात जनाको नाम राष्ट्रपति कार्यालय पठाइनेछ,” उनले बताए, “यी नामहरू आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।”

राष्ट्रपति कार्यालयले पनि नयाँ मन्त्रीहरूको नामावली आउने जानकारी प्राप्त भइसकेको पुष्टि गरेको छ। तर, कस–कसलाई मन्त्री बनाइने भन्नेबारे भने अझै विवरण प्राप्त नभएको राष्ट्रपति कार्यालयका स्रोतहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply