खेमराज भट्ट
काठमाडौं, असोज ६ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् आज थप पाँच मन्त्रीसहित विस्तार हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो २ बजे उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
आईतबार प्रधानमन्त्री कार्कीले देशका चर्चित व्यक्तित्व तथा राजनीतिक व्यक्तिहरूलाई मन्त्रीमा सिफारिस गरेकी थिइन्। सोअनुसार —
आविष्कारक महावीर पुनले शिक्षा मन्त्रालय सम्हाल्ने
वरिष्ठ अधिवक्ता अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य तथा भूमिसुधार मन्त्रालय
कृषिविद् पृष्ठभूमिका नेता मदान परियारलाई कृषि मन्त्रालय
स्वास्थ्य क्षेत्रमा सक्रिय संगिता मिश्रलाई स्वास्थ्य मन्त्रालय
सञ्चार क्षेत्रमा अनुभवसहितका जगदिश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
यससँगै अन्तरिम मन्त्रिपरिषद् विस्तारले नयाँ गति लिएको छ। कार्की नेतृत्वको सरकारलाई जनप्रतिनिधि र विज्ञ दुवै तहबाट सहभागी गराउन गरिएको प्रयासको रुपमा पनि यसलाई हेरिएको छ।
सरकार विस्तारले राजनीतिक वृतमा नयाँ उत्साह देखिए पनि आगामी दिनमा मन्त्रीहरूले आफ्नो मन्त्रालयलाई कसरी सक्षम र पारदर्शी ढंगले अघि बढाउँछन् भन्ने उत्सुकता चुलिएको छ।