२४ घण्टामै ४३ हजारले छाडे काठमाडौं

खेमराज भट्ट
काठमाडौं । दसैँको घटस्थापनासँगै काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या तीव्र गतिमा बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुअनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म मात्र ४३ हजार १३२ जनाले उपत्यका छाडेका छन्।

दसैँ नजिकिँदै जाँदा नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत मुख्य नाकामा यात्रु र सवारीसाधनको चाप बढ्दो क्रममा छ।
“दसैँ सुरु भएसँगै उपत्यका बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्ने अनुमान गरिएको छ,” प्रवक्ता गुरुले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply