काठमाडौं–मुग्लिन सडकमा ठूलो पहिरो, दिनभर अवरुद्ध हुने सम्भावना

खेमराज भट्ट
धादिङ, असोज ७ — काठमाडौंलाई तराई र पश्चिमका जिल्लासँग जोड्ने जीवनरेखा मानिने काठमाडौं–मुग्लिन सडकखण्ड ठूलो पहिरोका कारण मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खेला नजिक सोमबार राति १०:३० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यद्यपि, केही समयपछि एकतर्फी आवागमन खुलेको भए पनि बिहान ५ बजेतिर थप ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा रोकिएको हो।

डीएसपी सुवास हमालका अनुसार पहिरो अझै खसिरहेकोले तत्काल सडक खोल्ने सम्भावना छैन। “आज दिउँसो १–२ बजेसम्म पनि बाटो खुल्ने देखिँदैन,” उनले जानकारी दिए।

यसबीच, नागढुंगा–मुग्लिन सडक आयोजनाले पनि पहिरो पन्छाउन दिनभर लाग्ने अनुमान गरेको छ। घटनास्थलमा डोजर र अन्य उपकरण परिचालन भए पनि निरन्तर पहिरो झर्ने क्रमले काम अवरुद्ध भइरहेकाले चुनौती थपिएको छ।

सडक बन्द भएपछि दुवैतर्फ सयौँ सवारीसाधन बीच बाटोमै अल्झिएका छन्। यात्रुहरू घण्टौँदेखि सडक खुल्ने प्रतीक्षामा बस्न बाध्य भएका छन्।

राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग अवरुद्ध भएपछि यात्रु र चालक दुवैलाई ठूलो असुविधा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply