काठमाडौं, असोज ७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई परीक्षा परिणाम प्रकाशनमा ढिलाइ नगर्न कडा चेतावनी दिएका छन्। मन्त्री पुनले त्रिविले परीक्षा लिएर तीन महिनाभित्र नतिजा प्रकाशित नगरे मन्त्रालयबाट प्रदान हुने अनुदान रोक्ने चेतावनी दिएका हुन्।
उनले विश्वविद्यालयमा कायम ढिलासुस्ती, अनियमितता र गैरजवाफदेही प्रवृत्तिले हजारौँ विद्यार्थीको भविष्य बर्बाद हुने गरेको भन्दै अब यस्तो अवस्था सह्य नहुने स्पष्ट सन्देश दिएका छन्। “विद्यार्थीले समयमै पढेर परीक्षा पास गर्दा पनि विश्वविद्यालयको ढिलासुस्तीका कारण करियर प्रभावित हुने स्थिति अस्वीकार्य छ,” मन्त्री पुनले भने।
उनले त्रिवि प्रशासनलाई पारदर्शी र दक्ष प्रणाली विकास गर्न जोड दिँदै विश्वविद्यालयलाई “विद्यार्थीमैत्री संस्था” बनाउन पहल गर्ने प्रतिवद्धता जनाए।