शिक्षामन्त्री बनेको २४ घन्टा नबित्दै महावीरको कडा कदम

काठमाडौं, असोज ७ — शिक्षामन्त्री बनेको एक दिनमै महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई परीक्षा परिणाम सार्वजनिक गर्ने विषयमा कडा चेतावनी दिएका छन्। मन्त्री पुनले त्रिविले परीक्षा लिएर तीन महिनाभित्र नतिजा प्रकाशित नगरेमा मन्त्रालयबाट प्राप्त हुने अनुदान रोक्ने घोषणा गरेका हुन्।

पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै उनले सार्वजनिक रुपमा यस्तो कठोर कदम चालेर शिक्षा सुधारतर्फ ठोस संदेश दिएको भन्दै विद्यार्थी र अभिभावकले स्वागत गरेका छन्।

मन्त्री पुनले विश्वविद्यालयमा देखिने ढिलासुस्ती, अनियमितता र गैरजिम्मेवारीपन विद्यार्थीको भविष्यसँग खेलवाड भएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएका छन्। उनले भने, “परीक्षा परिणाममा ढिलाइ अब स्वीकार्य हुँदैन। शिक्षा प्रणालीमा पारदर्शिता र जवाफदेहिताको सुरुवात त्रिविबाटै हुनुपर्छ।”

यसअघि त्रिविमा परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा महिनौँ ढिलाइ हुने परम्परा रहेको प्रति विद्यार्थी संगठन र सर्वसाधारण आक्रोशित हुँदै आएका थिए। मन्त्री पुनको यो चेतावनीलाई धेरैले शिक्षा क्षेत्रमा “ऐतिहासिक सुधारको प्रारम्भिक कदम” का रूपमा अर्थ्याएका छन्।

शिक्षा क्षेत्रका विज्ञहरूले भने मन्त्री पुनले लिएको निर्णय कार्यान्वयनमा निरन्तरता दिने हो भने विश्वविद्यालय प्रणालीमा शुद्धिकरण हुने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply