सुरक्षामा उच्च सतर्कता : सेनाले बोलायो पृतनापति सम्मेलन

असोज ०९
काठमाडौं – मुलुकमा बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाली सेनाले उच्चस्तरीय पृतनापति सम्मेलन बोलाएको छ। सातै प्रदेशका पृतनापति र सैनिक मुख्यालयका जर्नेल सहभागी हुने उक्त सम्मेलन बिहीबार सैनिक मुख्यालयमा हुने भएको हो।

प्रधानसेनापति अशोकराज सिग्देलले गत दुई दिन सबै पृतनापतिसँग टेलिफोन संवाद गरी स्थिति गम्भीर भएको बताउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका थिए। प्रत्येक पृतनापतिसँग उनले पाँच मिनेटभन्दा बढी कुराकानी गर्दै क्षेत्रगत अवस्थाबारे जानकारी लिएका थिए।

सम्मेलनमा भिडियो कन्फरेन्समार्फत पृतनापतिहरूले आफ्ना–आफ्ना जिम्मेवारी क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्। साथै, वर्तमान सुरक्षात्मक चुनौती र आगामी दिनमा आउन सक्ने सम्भावित जोखिमबारे गहन छलफल हुनेछ। विभिन्न महानिर्देशनालय, निर्देशनालय तथा विभाग प्रमुखहरूको सुझाव पनि लिइने कार्यक्रम छ।

प्रधानसेनापति सिग्देलले सम्मेलन अघिल्लो दिन प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गरी राजनीतिक परिस्थिति र सुरक्षाबारे राय आदान–प्रदान गरेका थिए। भदौ २४ मा भएको घटनापछि अन्तरिम सरकार गठनमा समेत सेनाले मध्यस्थतामूलक भूमिका खेलेको थियो।

सैनिक स्रोतका अनुसार तिहारपछि देशमा आन्दोलन वा अस्थिरता बढ्न सक्ने अनुमानले सेनाले आन्तरिक तयारीलाई अझ सुदृढ बनाउन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply