खेमराज भट्ट, असोज १२, काठमाडौं – नेपाल सरकारले प्रहरी संगठनभित्रको उच्चस्तरीय बढुवासम्बन्धी महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको २०८२ असोज १२ गते बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका ४ पदका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ (४) बमोजिम जारी सिफारिसअनुसार जनपद प्रहरी समूहतर्फका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरिएको छ।
सुशिल सिंह राठौर – प्रधान कार्यालय प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, नक्साल,उमा प्रसाद चतुरबेदी – मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर, धनुषा,हिमालय कुमार श्रेष्ठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा, टंगाल
डम्बर बहादुर बि.क. सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी
बढुवा समितिको निर्णयअनुसार प्रकाशित यस सिफारिस सूचीमा परेका अधिकृतहरूलाई आवश्यक प्रक्रिया पूरा गरी अतिरिक्त महानिरीक्षक पदमा नियुक्ति गरिनेछ।
समितिका सदस्य–सचिव तथा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले हस्ताक्षर गरी सिफारिस सूची सार्वजनिक गरेका छन्।