देशभर दुई दिन सार्वजनिक बिदा घोषणा

खेमराज भट्ट,असोज १८
काठमाडौ – नेपाल सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “वर्षाका कारण वाडी, डुबान, पहिरो लगायतका जोखिम बढ्न सक्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना छ। त्यसैले देशभर असोज १९ र २० गते सार्वजनिक बिदा दिइने निर्णय गरिएको छ।”

साथै, गृह मन्त्रालयले विपद् व्यवस्थापन, सुरक्षा निकाय, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू भने यस निर्णयमा नपर्ने स्पष्ट पारेको छ।

मन्त्रालयले नागरिकहरूलाई उक्त अवधिमा अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने सूचनाहरूको पालना गर्न आग्रह गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार, उक्त निर्णय २०८२ असोज १८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply