कात्तिक २८
न्युजिल्याण्डका जिमी निशमले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।
न्युजिल्याण्डका ब्याटिङ अलराउन्डर निशम पोखरा एभेन्जर्सबाट एनपिएल खेल्न नेपाल आउने भएका हुन्।
पोखरा एभेन्जर्सले उनलाई अनुबन्ध गरेको जानकारी दिएको छ।
निशमले पहिलो संस्करणको एनपिएल जनकपुर बोल्ट्सबाट खेलेका थिए।
त्यतिबेला जनकपुर बोल्ट्सले उपाधि नै जितेको थियो।
यसपालि भने उनलाई पोखराले भित्र्याएको हो।
३५ वर्षीय निशमले न्युजिल्याण्डको राष्ट्रिय टिमबाट १२ वटा टेस्ट क्रिकेट खेलका छन्। त्यसमा उनले ७०९ रन बनाएका छन्। त्यस्तै ७६ वटा एकदिवसीय खेल्दा १४९५ रन बनाएका छन्। ९३ वटा टी-२० मा १०१० रन बनाएका छन्।
उनले टेस्टका १२ खेलमा १४ विकेट, एकदिवसीय क्रिकेटका ७६ खेलमा ७१ विकेट, र टी-२० मा ५६ विकेट लिएका छन्।
निशमले आइपिएलमा किंग्स इलाभेन पञ्जाब र मुम्बई इण्डियन्स अरू थुप्रै प्रतिष्ठित लिगहरू खेलेका छन्।
