खेमराज भट्ट
काठमाडौं, पुस २२ – राजधानीको व्यस्त क्षेत्र मध्य बानेश्वरमा संचालित गुरुङ फ्रेस मिट सप ले आफ्नो स्वच्छ, ताजा र भरपर्दो मासु सेवाका कारण उपभोक्तामाझ विशिष्ट पहिचान बनाउँदै आएको छ। सञ्चालक बुद्ध गुरुङका अनुसार, ग्राहकको स्वास्थ्यलाई सर्वोपरि राख्दै पसल सञ्चालन भइरहेको छ।
पसलमा बिक्री हुने कुखुराको मासु दैनिक रूपमा काटिएको ताजा मासु हुने गरेको छ। गुरुङले स्पष्ट पार्दै भने, “पुरानो वा फ्रोजन मासु यहाँ बिक्री हुँदैन। हाम्रो नीति भनेको स्वास्थ्य र ताजापनको उच्चतम मापदण्ड कायम राख्नु हो।” कुखुराको मासुको मूल्य बजार दरअनुसार निर्धारण गरिन्छ।
त्यसैगरी, यहाँ बिक्री हुने अण्डा लोकल उत्पादन तथा भरपर्दा फार्मबाट ल्याइने दुवै प्रकारका उपलब्ध छन्। अण्डाको मूल्य स्रोत र गुणस्तरअनुसार फरक पर्ने गर्दछ।
ग्राहकको मागअनुसार पसलमा चिकेन, पोर्क, स्मोक्ड र लोकल स्वादका ससेजहरू समेत उपलब्ध छन्। दैनिक उपभोगका साथै विशेष कार्यक्रममा ससेजको माग बढ्दो छ।
खसीको मासु भने नियमित रूपमा काटिँदैन; ग्राहकको अर्डर अनुसार मात्र उपलब्ध गराइन्छ। खसीको मासुमा रान, छाती, करङ, काँध, भुँडी लगायतका भाग उपलब्ध छन्। खसी मासु काट्नका लागि कम्तीमा १–२ दिनअघि अर्डर दिनुपर्ने व्यवस्था छ। विवाह, भोज, ब्रतबन्ध तथा अन्य विशेष कार्यक्रममा ठूलो परिमाणमा मासु अर्डर गर्दा छुटको सुविधा पनि उपलब्ध गराइन्छ।
गुरुङ फ्रेस मिट सप बिहान करिब ६ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा रहन्छ। ग्राहकको सुविधा र सहजताका लागि होम डेलिभरी सेवा पनि उपलब्ध छ।
पसलमा मासु काट्ने स्थान, उपकरण र भण्डारण प्रक्रियामा उच्चस्तरीय सफाइ र हाइजिन मापदण्ड अपनाइएको छ। नियमित सरसफाइ, सुरक्षित भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिइन्छ।
सञ्चालक गुरुङले बताएअनुसार, कोभिड–१९ महामारीको समयमा समेत उनले गरिब, असाहे र आवश्यकता परेका समुदायका लागि खाना र मासु वितरण गर्दै आएका छन्। उपभोक्ताहरूका अनुसार, यहाँको ताजा मासु, विशेष प्रकारका मासु र ग्राहकमित्र सेवाले पसललाई मध्य बानेश्वरमा भरपर्दो मासु पसलको रूपमा स्थापित गरेको छ।
स्थानीय उपभोक्ताहरूले भने, “गुरुङ फ्रेस मिट सपको मासु सधैं ताजा र गुणस्तरीय हुन्छ। सेवा पनि अत्यन्तै सुलभ र स्वागतयोग्य छ।” दिनप्रतिदिन ग्राहकहरूको विश्वास र माग बढ्दै गएपछि पसलले क्षेत्रीय बजारमा आफ्नो विशेष स्थान बनाएको छ।
सम्पर्क:
गुरुङ फ्रेस मिट सप, मध्य बानेश्वर, काठमाडौं
फोन: ९८६९१८३३९ / ९८१८३२३७०३ / ९८१८३२३७०२
