माघ १
काठमाडौ – विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसको सभापतिमा चयन भएका ले निर्वाचन आयोगबाट चाँडै पार्टीको आधिकारिकता प्राप्त हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।
निर्वाचन आयोगमा अद्यावधिक विवरणसहित आधिकारिकताको दाबी पेश गर्न पुगेका थापाले आवश्यक सम्पूर्ण कागजात बुझाइसकिएको जानकारी दिँदै तोकिएको समयभित्र सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गरे।
“हामीले सबै प्रक्रिया पूरा गरेका छौँ। पर्सिभित्र आधिकारिकता प्राप्त हुनेमा हामी विश्वस्त छौँ,” थापाले भने।
विशेष महाधिवेशन आयोजना गर्दै केन्द्रीय कार्यसमिति भंग गरिएको औपचारिक जानकारी आयोगलाई गराइसकिएकाले पार्टीको वैधानिक दाबी आफूहरूको नै हुने उनको भनाइ छ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दलको पदाधिकारीमा परिवर्तन भएमा निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै, चुनाव चिह्न र झन्डाको आधिकारिकतासम्बन्धी विषय पनि आयोगमार्फत नै समाधान गरिनुपर्ने प्रावधान रहेको थापाले स्मरण गराए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन दर्ता गर्नुपर्ने समयसीमा रहेकाले, त्यसअघि नै सबै प्रक्रिया टुंग्याइदिन विशेष महाधिवेशन पक्षधरले आयोगलाई आग्रह गरेका छन्।
यसले पार्टीलाई निर्वाचनको तयारीमा थप सशक्त र एकीकृत बनाउने विश्वास नेतृत्वले व्यक्त गरेको छ।
