सिटी स्कूल धनगढीमा BLE-२०८२ को उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षाको उदाहरण

हेमा भट्ट वैशाख २०
कैलाली – धनगढी उपमहानगरपालिका-३, विशालनगरस्थित सिटी स्कूलले कक्षा ८ (BLE-२०८२) को नतिजामा उल्लेखनीय सफलता हासिल गर्दै फेरि एकपटक आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ। विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष अधिकांश विद्यार्थीहरूले उच्च GPA हासिल गरेका छन्, जसले विद्यालयको गुणस्तरीय पठनपाठन, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको प्रभावकारी भूमिका उजागर गरेको छ।

यस वर्ष सैजाती आयदीले ३.७६ GPA ल्याउँदै प्रथम स्थान हासिल गरेकी छन् भने परी कुमारीले ३.६७ GPA सहित दोस्रो स्थान सुरक्षित गरेकी छन्। प्रबिन जोशीले पनि ३.६७ GPA ल्याउँदै उत्कृष्टता कायम गरेका छन्। त्यस्तै यशोदा बोहरा (३.६०), परस रावत र सुस्मिता कटुवाल (३.५८), सुनिता मिजार (३.५४) लगायतका विद्यार्थीहरूले उल्लेखनीय प्रदर्शन गरेका छन्।

त्यसैगरी अदिती गिरी (३.४९), केशव धामी (३.४२), अपिल साउद (३.३७), प्रतीक श्रिमाल (३.३५), रुहान खड्का (३.३३), धर्मेन्द्र गिरी (३.३१), ऋचा कोली (३.३०), अनस अन्सारी (३.२८), दिया शर्मा र जेशन विक्रम सिंह (३.२७), सोहन आछामी र निष्चल अयेर (३.२५), लक्ष्मण सुनार (३.२२), रबिन चौधरी (३.२०), आर्यन सिंह आयदी (३.१७) सहित अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याएका छन्।

यसैबीच एक्रा बानो (३.०८), अलिसा बैलकटी (३.०६), रियाज सिंह ऐरी (३.१०), वर्षा महरा (२.९६), योगेन्द्र महरा (२.८९), रमित लोहानी (२.८५) र युवराज रोकाया (२.८१) ले समेत सन्तोषजनक उपलब्धि हासिल गरेका छन्।

विद्यालय प्रशासनका अनुसार यो सफलताको मूल आधार विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकहरूको सक्रिय सहयोग र शिक्षकहरूको अनुभव तथा समर्पण हो। विद्यालयमा विषयगत दक्षता भएका अनुभवी शिक्षकहरूको टोलीले विद्यार्थीलाई व्यक्तिगत रूपमा मार्गदर्शन गर्ने अभ्यासलाई प्राथमिकता दिइएको छ।

सिटी स्कूलले केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक र जीवनोपयोगी शिक्षामा पनि जोड दिँदै आएको छ। विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला, डिजिटल शिक्षण पद्धति, अतिरिक्त कक्षाहरू तथा नियमित मूल्यांकन प्रणालीमार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गरिँदै आएको छ।

अनुशासनलाई विद्यालयको मुख्य आधारका रूपमा लिँदै विद्यार्थीहरूलाई समयपालन, जिम्मेवारीबोध र नैतिक शिक्षामा समेत विशेष ध्यान दिइएको छ। सह-पाठ्यक्रम क्रियाकलापहरू, खेलकुद, वादविवाद तथा सिर्जनात्मक कार्यक्रममार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा जोड दिइन्छ।

तराई क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सिटी स्कूलले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। यस विद्यालयले स्थानीय स्तरमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने सन्देश दिँदै अभिभावक र समुदायमा सकारात्मक प्रभाव पारिरहेको छ।

विद्यालयले सफल सबै विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै आगामी शैक्षिक यात्रामा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा अझ नवीन शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै शैक्षिक गुणस्तरलाई थप उचाइमा पुर्‍याउने लक्ष्य राखिएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply