दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार

काठमाडौँ, वैशाख २३ गते । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र ३१औँ स्थानमा उक्लिनुभएको छ । उहाँले १२ स्थान सुधार गर्नुभएको हो ।

दीपेन्द्र नेपालको टी–२० राष्ट्रिय टोलीको कप्तान समेत हुनुहुन्छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हालै उहाँलाई टी–२० क्रिकेट टोलीको जिम्मेवारी दिएको थियो ।

घरेलु मैदानमा हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, संयुक्त अरव इमिरेट्स (युएई) र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा अलउान्ड प्रदर्शन गर्नुभएको थियो ।

चार खेलमा उहाँले एक सतकसहित दुई सय ६८ रन बनाउनुका साथै चार विकेट पनि लिनुभएको थियो । आइसिसी टी–२० अलराउन्डर वरीयतामा भने उहाँ चौथो स्थानमा यथावत हुनुहुन्छ ।

बलिङमा सन्दीपको छलाङ

यस्तै एकदिवसीय बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पनि १५ स्थान सुधार गर्नुभएको छ । यसअघि ५८औँ स्थानमा रहनुभएका सन्दीप ४३औँ स्थानमा उक्लिनुभएको हो ।

हालै घरेलु मैदानमा भएको त्रिकोणत्मक सिरिजको चार खेलमा उहाँले आठ विकेट लिनुभएको थियो । बलिङ र अलराउन्डर वरीयतामा नेपालका खेलाडी राम्रो वरीयतामा रहेपनि एकदीवसीय ब्याटिङ वरीयतामा नेपाली खेलाडीको स्थान सन्तोसजनक छैन ।

ब्याटिङ वरीयताको शीर्ष सयमा नेपालका कुनै खेलाडी अटाएका छैनन् । नेपाल आइसिसी एकदिवसीय वरीयतामा भने १७औँ स्थानमा छ । नेपालले क्रमश: नामिबिया, क्यानडा र युएईलाई पछि पारेको छ । वरीयताको शीर्ष तीनमा क्रमश: भारत, न्युजिल्यान्ड र अष्ट्रेलिया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply